शेरे एउटा सुन्दर दुर्गम ठाऊँ मा तारा को अवलोकन गर्न गएछ। त्यहाँ पुगेर आफ्नो बुढीलाई सकुशल आइपुगे भनेर फोन गर्न खोजेछ तर signal नै टिपेनछ। त्यसपछि उसले SMS पठाउने निधो गरेछ। उसले आफ्नो बुढीलाई SMS लेखेर पठाएछ। तर त्यो SMS अर्कैको बुढीलाई पुगेछ। त्यस बुढीको बुढा मरेको भर्खर १ दिन भएको रहेछ। उसले SMS खोलेर पढ्दा त यस्तो लेखेको रहेछ:- " म राम्ररी आइपुगे। यहाँ धेरै ताराहरु रहेछन्। यो त स्वर्ग नै रहेछ। मेरो चिन्ता नलिनु। म तिमीलाई यहाँ छिट्टै बोलाउने छु।। . . . . . उही तिम्रो बुढा ....
0 comments:
Post a Comment
Comment here!